Posts

भिटोफ द्वारा सिद्धलेक लाई पर्यटन वर्ष घोषणा धादिङको सिद्धलेक गाउँ पालिका स्थित  सलाङ गाउँलाई पर्यटन वर्ष २०७४ को रुपमा घोषणा गरिएको छ । ३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले धादिङको सिद्धलेक गाउँ पालिका को सलाङ गाउँ सहित स्याङ्जाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई पर्यटन वर्ष गाउँको रुपमा घोषणा गरेको हो । विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले सामुहिक रुपमा तीन गाउँलाई  पर्यटन वर्षको रुपमा घोषणा गरेका हुन् । सलाङको आमकोटको होमस्टे र सिद्धलेक डाडाको धार्मिक महत्व, पर्यटन सम्भावनालाई मध्यनजर गर्दै पर्यटकिय गाउँ घोषणा गरिएको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले जानकारी दिए ।
Image
Image
निर्माणाधीन वडा कार्यालय भवनको निरीक्षण सिद्धलेक गाउँ पालिका वडा नम्बर ४ को निर्माणाधीन कार्यालय भवनको निरीक्षण गरीएको छ ।  शिद्धलेक गाउँ पालिका प्रमुख प्रेमनाथ सिल्वाल, उप प्रमुख कमला शर्मा, कार्यकारी अधिकृत लक्ष्मण प्रसाद भट्टराई , इन्जिनियर केशव तिमिल्सिना, सिद्धलेक ४ का वडा अध्यक्ष ,उपाध्यक्ष,शदश्यहरु लगायतको टोलिले सिद्धलेक ४ स्थित आरुवास्टारमा निर्माण हुँदै गरेको वडा कार्यलय भवनको निरीक्षण गरियको छ । निरीक्षण कार्यक्रममा वोल्दै गाउँ पालिका प्रमुख प्रेमनाथ सिल्वालले बन्दै गरेको वडा कार्यलय भवन उचित स्थानमा बनाइयको र सुरक्षा गर्ने जिम्मा स्थानीय हरुको रहेको बताउनु भयो । गाउँ पालिका को करिव ३० लाख लगानीमा वडा कार्यलय भवन सिद्धलेक ४ स्थित आरुवासटारमा निर्माण हुँदैछ । निर्माणाधीन भवनको हाल सम्म प्रथम चरणको डोपिसी ढलान सम्पन्न भैसकेको छ भने तिहार अघिनै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखियको छ । निर्माणको जिम्मा काठमाडौ स्थित गोर्खा इको प्यानललाइ दिइएको वडा कार्यलय निर्माण उपभोक्ता समितिको अध्यक्ष खड्ग कुमार श्रेष्ठले वताउनु भयो । 
Image

नेपाल एयरलाइन्सका क्याप्टेन ९३ हजार डलरसहित पक्राउ

Image
२८ चैत /  नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । आइतबार राति नेपाल एयरलाइन्सको आर ए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको हो । नेपाल एयरलाइन्सको आर ए २२९ जहाज अवालेलाई आइतबार रातभर गौशाला प्रहरी वृत्तमा राखिएकोमा सोमबार बिहान थप अनुसन्धानका लागि एयरपोर्ट नै लगेको छ । विमान उडानका लागि विमानस्थलमा पुगेका अवालेलाई पक्राउ गरेपछि अवालेको ठाउँमा नेपाल एयरलाइन्सले महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाएको छ ।